टुँडालदेवीमा मनाइयो विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवस
टुँडालदेवीमा मनाइयो विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवस
    • Bell Sanchar

    • ३ असार २०८१, आईतवार

काठमाडौं ।

समुदायिक सेवा केन्द्र टुँडालदेवीले विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवसʼ २०२४ विभिन्न कार्यक्रमका साथ मनाइएको छ । समुदाय र प्रहरीको साझेदारी अवधारणाअन्तर्गत सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीको आयोजनमा शनिबार विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवसʼ २०२४ कार्यक्रम गरिएको हो ।

प्रहरी वृत्त महाराजगञ्जका प्रमुख अमर बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वृद्धवृद्धालाई दोसल्ला ओडाई सम्मान गरिएको थियोे ।

सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले जेष्ठ नागरिक को हुन्, उनीहरूलाई कस्तो व्यवहार गर्नुपर्छ, दुर्व्यवहार भएमा कहाँ कसरी उजुरी गर्ने भन्नेबारे जनचेतना जगाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित