चुनाव स्थगित पत्रकार महासंघको
चुनाव स्थगित पत्रकार महासंघको
    • बेल संचार

    • २ असार २०८१, आईतवार

काठमाडौँ ।

नेपाल पत्रकार महासंघको चुनाव स्थगित भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गरी जेठ २६ गतेका लागि तोकिएको चुनाव स्थगित भएको जानकारी दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ : ‘नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनले यहीँ जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिएकोमा उक्त मितिमा मतदान नहुने भएको छ ।

मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने जानकारी गराइन्छ ।

अध्यक्ष पोखरेलले निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउन समेत आग्रह गरेका छन् ।

सुर्खेतको साधारणसभाले सदस्य शुद्धीकरणबारे अध्ययन गर्न महासंघका महासचिव रोशन पुरीको संयोजकत्वमा महासंघका पूर्व महासचिव उजिर मगर, पूर्व सचिवद्वय रामप्रसाद दाहाल र धर्मेन्द्र कर्ण रहेको शुद्धीकरण समिति बनाएको थियो ।

सो समितिले छानबिन गरी तयार गरेको नामावलीमा विवाद उत्पन्न भएको हो ।

सदस्य शुद्धीकरणकै विषयलाई लिएर केही हप्ताअघि नेपाल प्रेस युनियन र समाजवादी प्रेस संगठनले महासंघको कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

साताकाे चर्चित
सम्बन्धित