प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ प्रारम्भ भएको अवसरमा सबै नेपाली जनतालाई शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा उदाउँदो सूर्यको तस्बिर साझा गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, “सबैको जीवनमा सुन्दर बिहानीको उदय होस्! नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना!”
प्रधानमन्त्रीको यो सन्देशले नयाँ वर्षसँगै शान्ति, समृद्धि र सकारात्मक उर्जा प्राप्त हुने अपेक्षा गरिएको छ। नयाँ वर्षको प्रारम्भसँगै देशमा आशा र उत्साहको वातावरण सिर्जना गर्न प्रधानमन्त्रीले सन्देशमार्फत आग्रह गरेका छन्।
सन् २०२५ को यस प्रारम्भलाई नेपाली समाजले नयाँ जोश र जाँगरका साथ अघि बढ्न प्रेरणाको रुपमा लिएको छ।