काठमाडाैं ।
पाँच देशका लागि नवनियुक्त राजदूतहरूले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित एक समारोहमा शपथ गराए।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी (भट्टराई)का अनुसार शपथ ग्रहण गर्ने राजदूतहरूमा प्रकाशमणि पौडेल (पोर्चुगल), प्राडा कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका), सेवा लम्साल (बेल्जियम), डा. नेत्रप्रसाद तिम्सिना (मलेसिया), र सुम्निमा तुलाधर (डेनमार्क) रहेका छन्।
शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।