भीम रावलको आरोप: “सरकारले भ्रष्टाचारमा ठूला व्यक्तिलाई जोगाउँदैछ”
भीम रावलको आरोप: “सरकारले भ्रष्टाचारमा ठूला व्यक्तिलाई जोगाउँदैछ”
    • बेल संचार

    • १७ पुष २०८१, बुधबार

काठमाडौं ।

नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देशमा सुशासन र समाजवाद आउने आशा गर्नुपर्ने हो भन्ने प्रश्न उठाएका छन्।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा रावलले आफ्नो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोजिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै प्रश्न गरे, “पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएका भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गर्ने केपी ओलीले देशमा सुशासन र समाजवाद ल्याउन खोजेको पत्याउनुपर्ने हो?”

यो पत्रकार सम्मेलन एमालेबाट निष्कासनपछि रावलको पहिलो सार्वजनिक प्रतिक्रिया थियो।

उनले वर्तमान सरकारलाई भ्रष्टाचार काण्डमा ठूला भनिएका व्यक्तिहरूलाई जोगाउने काम गरेको आरोप लगाए।

“सत्तामा हालीमुहाली गर्ने भनिएका व्यक्तिहरू नै हस्तक्षेप गर्ने उपकरण बनेका छन्,” उनले भने।

साथै, उनले हजारौँ नेपाली युवा विदेशमा भाडाका सिपाही, श्रमीक, सुसारे र सेवक बनेर पसिना बगाउन बाध्य भएकोप्रति चिन्ता व्यक्त गरे।

साताकाे चर्चित
सम्बन्धित