संघीय संसदका ६ वटा समितिको बैठक बिहीबार बस्ने
संघीय संसदका ६ वटा समितिको बैठक बिहीबार बस्ने
    • बेल संचार

    • १८ पुष २०८१, बिहीबार

काठमाडौं ।

संघीय संसद अन्तर्गत विभिन्न ६ वटा समितिको बैठक बिहीबार बस्ने तय भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा विभिन्न विधेयक र कार्यसूचीहरूबारे छलफल हुनेछ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा उपसमितिले पेश गरेको प्रतिवेदनमाथि छलफल हुनेछ।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल हुनेछ।

पूर्वाधार विकास समितिले जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची तय गरेको छ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीहरूसँग छलफल हुनेछ।

विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ।

साताकाे चर्चित
सम्बन्धित