म्याग्दीको राखु भगवती मन्दिरमा नियमित पूजाका लागि रु ९० लाखको अक्षयकोष स्थापना
म्याग्दीको राखु भगवती मन्दिरमा नियमित पूजाका लागि रु ९० लाखको अक्षयकोष स्थापना
    • बेल संचार

    • १८ पुष २०८१, बिहीबार

बेनी ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित १७औँ शताब्दीको ऐतिहासिक राखु भगवती मन्दिरमा नियमित पूजाका लागि रु ९० लाखको अक्षयकोष स्थापना गरिएको छ। यो रकम गत असोजमा आयोजित महायज्ञबाट सङ्कलन गरिएको थियो।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लका अनुसार, महायज्ञबाट सङ्कलन भएको रु १ करोड १० लाखमध्ये रु १८ लाख ५० हजार खर्च भइसकेको छ। बाँकी रकमबाट पुजारी र नियमित पूजाको व्यवस्था गरिएको छ।

पुरातत्व विभागले यो प्रसिद्ध शक्तिपीठलाई तीन वर्षअघि रु ६२ लाखको लागतमा पुनर्निर्माण गरेको थियो। राखु भगवती मन्दिर म्याग्दी जिल्लाको ऐतिहासिक र धार्मिक रूपमा महत्वपूर्ण स्थल मानिन्छ।

साताकाे चर्चित
सम्बन्धित