काठमाडौं।
काठमाडौं उपत्यकामा आज, पुस १८ गते, दिउँसो १ बजेर ३ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ।
यसअघि, पुस १६ गते बैतडीलाई केन्द्रविन्दु बनाउँदै ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो।
पछिल्लो समय सुदूरपश्चिमी नेपालमा लगातार भूकम्पका धक्का आइरहेका छन्, जसले गर्दा भूकम्पविद्हरूले ठूलो भूकम्पको सम्भावनाबारे सचेत गराइरहेका छन्।
यस घटनामा कुनै ठूलो क्षति नभएको जानकारी प्राप्त भएको छ।