काठमाडौं ।
नेकपा माओवादी केन्द्रले ६ महिने जागरण अभियान सञ्चालन गर्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले उक्त निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गलाई केन्द्रित गरेर छुट्टाछुट्टै अभियान सञ्चालन गरिने जानकारी दिए।
उनले बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनः जनतामाझ गएर पार्टीलाई रूपान्तरणको प्रक्रियामा अघि बढाउनुपर्ने कुरा राखेको जानकारी पनि दिए।
सापकोटाले वर्तमान सरकारका गतिविधिले लोकतन्त्र कमजोर बनाइरहेको भन्दै यस विषयमा जनता सुसूचित भए मात्र लोकतन्त्रको रक्षा हुन सक्ने बताए ।
लोकतन्त्रको रक्षा जनताले मात्र गर्न सक्ने उनको भनाइ थियो।