काठमाडाैं।
शेयर बजार परिसूचक नेप्से बिहीबार पनि झिनो अंकले बढेको छ ।
४.६३ अंकले बढेर नेप्से परिसूचक २५८६.२३ बिन्दुमा कायम भएको छ ।
१५६ कम्पनीको शेयर मूल्य बढ्दा ७७ कम्पनीको मूल्य घटेको छ ।
बुधबार डेभलपमेन्ट बैंकमा सर्वाधिक २.४० प्रतिशतको वृद्धि भएको छ ।
हाइड्रोपावर १.८७ प्रतिशतले बढेको छ ।
बैंक, इन्भेस्टमेन्ट, ट्रेडिङ, अदर र माइक्रो फाइनान्समा भने गिरावट देखिएको छ ।