काठमाडौँ ।
शुक्रबार सुनको मूल्य दुई हजार रुपैयाँले बढ्दै प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा सुनको कारोबार भएको थियो।
चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर आज एक हजार ८१० रुपैयाँ पुगेको छ। सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएसँगै बजारमा यसको प्रभाव देखिएको छ।