भ्रष्टाचार विरुद्ध राष्ट्रिय एकताको आवश्यकता : प्रचण्ड
भ्रष्टाचार विरुद्ध राष्ट्रिय एकताको आवश्यकता : प्रचण्ड
    • बेल संचार

    • १९ पुष २०८१, शुक्रबार

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्ध सबै एक हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताए।

प्रचण्डले भने, “जहाँ भ्रष्टाचार भएको छ, समाजले त्यो स्वीकार गरेको छ। गम्भीर ढंगले सदनमा प्रश्नहरू उठेका छन्।

जनताले हेर्न चाहेको छ कि हामी इमानदारिताका साथ त्यसको अनुसन्धानमा लाग्न जरुरी छ।

” उनले राजनीतिक दलहरू बीचमा सहमति र एकता कायम गर्नुपर्ने महत्त्वपूर्ण पक्षको रूपमा चिन्हित गरे।

उनले आफ्नो वक्तव्यमा थपे, “नियत र निष्ठा कसको के हो भन्ने कुरा बढी महत्त्वपूर्ण हुने रहेछ ।

हामी साँच्चै सुशासनको पक्षमा इमानदारिताका साथ भ्रष्टाचार विरुद्ध काम गरिरहेका छौँ त ? नेपाली जनताले सरकार र राजनीतिक दलहरूबाट त्यसको महसुस गरेका छन् त?”

प्रचण्डका अनुसार, यस विषयमा गम्भीर प्रश्न रहेको छ।

साताकाे चर्चित
सम्बन्धित