तराईमा बाक्लो हुस्सु र कुहिरो: दैनिक जनजीवन र यातायात प्रभावित हुने सम्भावना
तराईमा बाक्लो हुस्सु र कुहिरो: दैनिक जनजीवन र यातायात प्रभावित हुने सम्भावना
    • बेल संचार

    • २० पुष २०८१, शनिबार

काठमाडौं ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रहरूमा अहिले आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सफा रहेको छ। तराई क्षेत्रमा आज बिहान बाक्लो हुस्सु र कुहिरो लागेको छ।

दिउँसोको समयमा देशभर मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ भने राति हिमाली क्षेत्रका केही स्थानहरूमा आंशिक बदलीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज बिहान तराई र उपत्यकाका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागेको हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात, र हवाई उडानमा असर पर्न सक्ने चेतावनी दिइएको छ। यसकारण आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित