महोत्तरी ।
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले अब सरकार ढाल्ने र नयाँ सरकार बनाउने खेल नहुने विश्वास जागेको बताएका छन्।
शनिबार बर्दिवासमा पार्टी कार्यकर्ताहरूसँगको भेटघाटमा बोल्दै उनले भने, “यो सरकार प्रतिनिधिसभाको अर्को निर्वाचनसम्म रहन्छ।
वर्तमान सरकार बनेयता आम जनमानसमा अब बिचमा सरकार परिवर्तन नहुने आशा जागेको छ।”
उनले स्थिर सरकार नै मुलुकलाई विकास र निर्माणको मार्गमा अगाडि बढाउन योगदान गर्न सक्षम हुने धारणा व्यक्त गरे।
संविधान संशोधनको सन्दर्भमा बोल्दै उपप्रधानमन्त्री सिंहले सबै पक्षको सहमतिमा मात्रै संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।