सत्तारुढ दल नेकपा एमाले र प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै
सत्तारुढ दल नेकपा एमाले र प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै
    • बेल संचार

    • २१ पुष २०८१, आईतवार

 काठमाडौं ।

सत्तारुढ नेकपा एमाले र प्रतिपक्षी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ।

एमालेको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ भने माओवादी केन्द्रको बैठक दिउँसो १ बजे काठमाडौंको एक पार्टी प्यालेसमा बस्नेछ।

पहिलो दिनको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ। त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि राजनीतिक प्रतिवेदन नै पेस गर्नेछन्।

ओलीको प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी संगठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारी लगायतका विषय समेटिएका छन्।

संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधनलगायतका ‘एजेन्डा’मा ठोस धारणा तय गर्ने नेताहरूले बताएका छन्।

प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको सङ्कल्प: आजको आवश्यकता’ शीर्षकको प्रतिवेदन पेस गर्दैछन्। माओवादी केन्द्रको बैठकमा ४०९ पूर्ण केन्द्रीय सदस्य, २०५ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ जना तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारीको सहभागिता हुनेछ।

साताकाे चर्चित
सम्बन्धित