राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी
    • बेल संचार

    • २१ पुष २०८१, आईतवार

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पनि काठमाडौंस्थित स्वयम्भू स्टार ब्यांक्वेटमा जारी छ। बैठकमा संविधान संशोधन लगायतका विषयमा छलफल हुने भएको छ।

बैठकमा जलेश्वरमा भएको बैठक र राष्ट्रिय भेलामा प्रस्तुत सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा पार्टीको आगामी कार्यदिशा र कार्यक्रमबारे छलफल गरिने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

उनका अनुसार केन्द्रीय समिति, सल्लाहकार परिषद्, केन्द्रीय विभाग लगायतको पुनर्संरचना, पार्टी बैठक सञ्चालन कार्यविधि संशोधन, र आचारसंहिताको विषयमा पनि छलफल हुनेछ।

बैठक आजै समापन गरिने रास्वपाले जनाएको छ।

बैठकको पहिलो दिन शनिबार समसामयिक राजनीतिक छलफलका साथै नेताहरूले रिपोर्टिङ गरेका थिए। स्थानीय तह उपनिर्वाचन र संगठनको समीक्षा तथा प्रदेश समन्वय संयन्त्र सम्बन्धी छलफल पनि भएको थियो।

साताकाे चर्चित
सम्बन्धित