काठमाडौं।
आइतबारको प्रतिकूल मौसमका कारण नेपालका धेरैजसो विमानस्थलमा उडान प्रभावित भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने उडान सामान्य रहेको छ।
वायुसेवा कम्पनीहरूका अनुसार बिहान भद्रपुर, भरतपुर, र पोखराबाहेक अन्य विमानस्थलहरूमा उडान हुन सकेन ।
तुम्लिङटार, विराटनगर, जनकपुर, र नेपालगन्जमा बिहान १० बजेपछि हुस्सु कम भए पनि उडानहरू अझै प्रभावित रहेको बुद्ध एयरले जनाएको छ।
तराई र पहाडी भेगमा बाक्लो हुस्सुका कारण अधिकांश आन्तरिक उडानहरू ढिलो भएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ।
मौसम सुधार भएलगत्तै उडान सञ्चालन गरिने बताइएको छ।