नेकपा एमालेको उपनिर्वाचन समीक्षा: शहरी क्षेत्रमा मिहिनेतको आवश्यकता”
नेकपा एमालेको उपनिर्वाचन समीक्षा: शहरी क्षेत्रमा मिहिनेतको आवश्यकता”
    • बेल संचार

    • २१ पुष २०८१, आईतवार

काठमाडौं ।

नेकपा एमालेले उपनिर्वाचनको नतिजाले शहरी क्षेत्रमा पार्टीले अझै मिहिनेत गर्नुपर्ने शिक्षा दिएको निष्कर्ष निकालेको छ।

पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भनिएको छ कि, उपचुनावमा एमालेले अपेक्षित मत ल्याउन नसकेको देखियो। विशेषगरी कीर्तिपुर जस्तो ठाउँमा अपेक्षित परिणाम नआउनु र शहरी जनमतमा पार्टीको आकर्षण बढ्न नसक्नु गम्भीर चिन्ता भएको छ।

यद्यपि, उपनिर्वाचनको नतिजाबाट भविष्यको निर्वाचनको पूर्वानुमान गर्न नसकिने कुरा एमालेको भनाइ छ। १.२६ प्रतिशत मात्र मतदाता सहभागी भएको उपचुनावलाई भविष्यकै संकेतको रूपमा लिन सकिँदैन भन्ने व्याख्या गरिएको छ।

तर, सानै संख्याको उपनिर्वाचनबाट महत्वपूर्ण शिक्षा लिनुपर्ने आवश्यकता प्रतिवेदनमा व्यक्त गरिएको छ।

२०७९ को तुलनामा मतदाताहरूको बदलिंदो रुझान, जनप्रतिनिधिप्रतिको असन्तुष्टि र नयाँ दल र राजावादी शक्तिहरुको खस्किंदो अवस्थालाई यसले केही आधार दिएको छ। यसका आधारमा, पार्टी र जनप्रतिनिधिहरुले आफूले जितेका स्थानहरूमा थप मिहिनेत गर्नुपर्ने र शहरी क्षेत्रमा नेकपा (एमाले) ले अझै मिहिनेत गर्नुपर्ने शिक्षा प्राप्त भएको छ।

साताकाे चर्चित
सम्बन्धित