काठमाडौं ।
नेपाल र चीन बीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ । ठमेल स्थित छायाँ सेन्टरको क्युएफएक्समा पुस २५ गते (जनवरी ९) मा उक्त कार्यक्रम आयोजना हुँदैछ । कार्यक्रम आयोजना गर्नुको मुख्य उदेश्य भनेको दुई देशबीच आगामी दिनमा चलचित्र निर्माण, प्रबर्धन र बजारिकरणमा सहकार्य हुने लक्ष्य लिएको आयोजकले जनाएको छ । साथै यस्ता खालका कार्यक्रमले दुई देशबिच सांस्कृतिक आदान प्रदानमा सहयोग पु¥याउने छ ।
चाइना फिल्म एडमिनिस्ट्रेशन, नेपाल स्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ, र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी ९ल्ँऋब्० द्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा तीन चर्चित चिनियाँ चलचित्र प्रदर्शन गरिनेछ । प्रदर्शन पश्चात चलचित्रका निर्माता, निर्देशक तथा कलाकारहरुसँगको अन्तरक्रियामा दर्शकले पनि सहभागिता जनाउन पाउनेछन् ।
प्रदर्शन हुने चलचित्रहरू १.हर स्टोरी (१२३ मिनेट) – निर्देशक ः यीहुई साओ (उद्घाघाटन चलचित्र) २. मिडसमर्स भ्वाइस (१०५ मिनेट) – निर्देशक ः युडी झाङ ३. जीफर ग्याप (१०३ मिनेट) – निर्देशक ः फेईलङ कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार, निर्देशक, प्राविधिकहरू, र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।
साथै नेपालस्थित चिनियाँ दूतावास, नेपाल चलचित्र बिकास बोर्ड र नेपाल पर्यटन बोर्डका बिशिष्ट पदाधिकारीहरुले समेत कार्यक्रममा सहभागिता रहनेछ । पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य बर्षमान पुनको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम आयोजना हुनेछ । चलचित्रका निर्माता, निर्देशक र कलाकार गरी १४ जनाको टिमको नेतृत्व चाइना फिल्म एडमिनिस्ट्रेशनको अन्तर्राष्ट्रिय विभागका निर्देशक सुयाङले गर्नेछन । कार्यक्रमले दुई देशका चलचित्रकर्मीहरूबीचको सहकार्यलाई अगाडि बढाउने थप मद्धत गर्ने अपेक्षा गरिएको छ ।
‘चाइना फिल्म डे’ को महत्वबारे नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले यो केवल चलचित्र प्रदर्शन गर्ने कार्यक्रम मात्र होइन, दुई जीवन्त संस्कृतिलाई जोड्ने पुल पनि भएको बताए । उनले भने, ‘यसले चिनियाँ चलचित्रहरूको सिर्जनशीलता र गहिराई प्रस्तुत गरेर, हामी नेपाली चलचित्रकर्मीहरूलाई सिक्न, सहकार्य गर्न र आफ्नो क्षितिज फराकिलो बनाउन अवसर प्रदान गर्नेछ ।
’ पाठकले यस्ता सांस्कृतिक आदान प्रदानहरूको व्यापक प्रभाव बारे थप प्रस्ट्याउँदै भने, ‘यस प्रकारका कार्यक्रमहरूले राष्ट्रहरूबीच आपसी सम्मान, सम्बन्ध र समझदारीलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्छन् ।’ यसले सह–निर्माण, संयुक्त परियोजना, र विश्वव्यापी दर्शकलाई समेट्ने साझा कथाहरू सिर्जना गर्न मार्ग प्रशस्त गर्छ । म विश्वस्त छु, यो नेपाल–चीन चलचित्र सम्बन्धको नयाँ अध्यायको सुरुवात मात्र हो ।