काठमाडौँ
बाल अधिकार अभियन्ता ऋतु भट्ट राई “बाल हिंसा विरुद्ध क्रियाशील राष्ट्रिय कार्य समन्वय समूह”को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। राजधानीमा आयोजित समूहको १२औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनबाट उहाँ अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो। सह-अध्यक्ष पदमा नरेन्द्र डंगोल चयन हुनुभएको छ।
ऋतु भट्ट राईले विशेष गरी बालबालिकाको हितमा विविध कार्यक्रमहरू सञ्चालन गर्दै बाल श्रम निवारणका लागि पैरवी गर्दै आउनुभएको छ। बाल अधिकार र बाल संरक्षणका क्षेत्रमा क्रियाशील १६ वटा राष्ट्रिय सञ्जालहरूको साझा मञ्चको रुपमा रहेको यस समूहको अघिल्लो अध्यक्ष किरण थापा हुनुहुन्थ्यो।
समूहले विकास साझेदार संस्थाहरूको सहयोगमा नेपाली बालबालिकाको हक अधिकार संरक्षणका लागि निरन्तर काम गरिरहेको छ।