काठमाडौं ।
अमेरिकामा भारी हिमपात र हिमआँधीको पूर्व चेतावनीसहित छ राज्यमा आपतकाल घोषणा गरिएको छ ।
केन्टुकी, भर्जिनिया, कन्सास, अर्कांसस, र मिसौरीलगायतका राज्यहरूमा आपतकालीन स्थिति लागू गरिएको छ।
बीबीसीका अनुसार देशभर ६० मिलियनभन्दा बढी नागरिकलाई शीतकालीन अलर्ट जारी गरिएको छ।
प्रतिघण्टा ५० माइलको गतिमा आउने भनिएको हिउँ र चिसो हावा मिश्रित आँधी निकै शक्तिशाली हुने अनुमान गरिएको छ, जसले मध्य र पूर्वी अमेरिकालाई सोमबार प्रभावित गर्नेछ।
ओहियो नदी घाँटी हुँदै पूर्वी क्षेत्रमा फैलिएको आँधी सोमबार मध्य एटलान्टिकसम्म पुग्ने अपेक्षा गरिएको छ।
एनओएएको मौसम पूर्वानुमान केन्द्रका अनुसार यो आँधी पछिल्लो दशकको सबैभन्दा भारी हिमपातका रूपमा आउन सक्नेछ।