सहकारीबारे फैलिएका भ्रम चिर्न जरुरी : मन्त्री बलराम अधिकारी
सहकारीबारे फैलिएका भ्रम चिर्न जरुरी : मन्त्री बलराम अधिकारी
    • बेल संचार

    • २२ पुष २०८१, सोमबार

काठमाडौं ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीहरूबारे बजारमा फैलाइएका भ्रमहरू चिर्न जरुरी रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सहकारीहरू आफ्नो ठिक अवस्थामा रहेको सन्देश दिनुपर्नेमा जोड दिए।

मन्त्री अधिकारीले सहकारीबारे फैलिएका हल्लाहरू मिथ्या रहेको तर्क गर्दै सहकारीहरूले जनताको समस्या समाधान हुनेगरी कृषिमा आधारित र जीवनस्तर उकास्ने काम गरे भ्रम हटाउन सकिने बताए।

उनले छिमेकी मुलुकहरूको कृषिमा गरेको प्रगतिको अनुशरण गर्दै आफ्नै भूगोल र माटो अनुसारका योजनाहरू ल्याउनुपर्ने बताए ।

सहकारीहरूले व्यवहारबाटै आफूहरू ठिक रहेको प्रमाणित गर्नुपर्ने र सहकारीमा गरिने बचतले जनताको आर्थिक स्थिति सुधार्न मद्दत गर्ने उल्लेख गरे।

सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न सरकारको मात्र मुख ताक्नु नपर्ने र सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने मन्त्री अधिकारीले आग्रह गरे।

साताकाे चर्चित
सम्बन्धित