काठमाडौँ ।
संविधान सभाका सदस्य तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ एमाले प्रवेश गरेका छन्।
सोमबार एमाले केन्द्रीय समिति बैठकको क्रममा चेपाङले एमालेमा प्रवेश गरेका हुन्। उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए।
एमाले नेता शेरबहादुर तामाङले चेपाङको पार्टी प्रवेशबारे जानकारी गराउँदै उनले एमालेमा आवद्ध भएपछि पार्टीलाई थप बल पुग्ने विश्वास व्यक्त गरे।
चेपाङको यो कदमले एमालेलाई आगामी दिनमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ।