नेकपा माओवादी केन्द्रले गैरकम्युनिस्ट पृष्ठभूमिका सदस्यहरूलाई अनिवार्य पार्टी प्रशिक्षणको प्रस्ताव
नेकपा माओवादी केन्द्रले गैरकम्युनिस्ट पृष्ठभूमिका सदस्यहरूलाई अनिवार्य पार्टी प्रशिक्षणको प्रस्ताव
    • बेल संचार

    • २२ पुष २०८१, सोमबार

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले पार्टीमा प्रवेश गरेका गैरकम्युनिस्ट पृष्ठभूमिका सदस्यहरूलाई अनिवार्य रूपमा पार्टी प्रशिक्षणमा सहभागी गराउने प्रस्ताव गरेको छ।

आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको ३० पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा उक्त प्रस्ताव राखिएको हो।

प्रतिवेदनमा ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्प, आजको ऐतिहासिक आवश्यकता’ शीर्षकमा माओवादी प्रवेश गर्ने गैरकम्युनिस्ट सदस्यहरूले तीन महिना पार्टी स्कुलमा अनिवार्य रूपमा प्रशिक्षण लिनुपर्ने उल्लेख छ।

त्यस्तै, पार्टीका संगठित सदस्यहरूले पनि वर्षमा कम्तीमा एक पटक पार्टी स्कुलमा प्रशिक्षण लिनुपर्ने प्रस्ताव गरिएको छ।

अध्यक्ष प्रचण्डले वैचारिक र नीतिगत रूपमा स्पष्टता ल्याउन केन्द्रीय कार्याशाला गोष्ठी आयोजना गर्ने, विभागहरूलाई सक्रिय बनाउने र विद्यार्थी संगठनलाई वैचारिक बहसमा सरिक गराउने योजना पनि प्रतिवेदनमा अघि सारेका छन्।

युवा र विद्यार्थी संगठनहरूले लेख, वक्तृत्वकला, वादविवाद, र हाजिरीजवाफ प्रतियोगिता आयोजना गरी वैचारिक चेतनास्तर उन्नत बनाउन सहयोग पुर्‍याउने उल्लेख गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित