नेपाल-चीन सीमामा ७ म्याग्निच्युडको भूकम्प, पूर्वदेखि मध्य नेपालसम्म धक्का
नेपाल-चीन सीमामा ७ म्याग्निच्युडको भूकम्प, पूर्वदेखि मध्य नेपालसम्म धक्का
    • बेल संचार

    • २३ पुष २०८१, मंगलवार

काठमाडौं :

आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ।

खानी तथा भूगर्भ विभागका अनुसार, यो भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको छ। बिहान ६ बजेर ५० मिनेटमा गएको भूकम्पले नेपालका अधिकांश क्षेत्रमा धक्का दिएको छ।

भूकम्पले विशेष गरी तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य भागसम्म ठूलो धक्का दिएको छ।

यद्यपि, अहिलेसम्म क्षतिको विस्तृत विवरण भने आइसकेको छैन। स्थानीय प्रशासनले क्षतिको विवरण सङ्कलन गर्ने कार्य जारी राखेको छ।

साताकाे चर्चित
सम्बन्धित