काठमाडौं :
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसले गर्दा पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहँदा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। बिहान पश्चिम तराईका केही स्थानमा कुहिरो लागेको छ।
कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनुका साथै गण्डकी, बागमती, र कोशी प्रदेशका पहाडी भागका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना छ। मधेस, लुम्बिनी, र कर्णाली प्रदेशका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपात हुनसक्नेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा पनि हल्का हिमपातको सम्भावना छ।
आज राति कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सफा रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आगामी २४ घण्टामा गण्डकी, बागमती, र कोशीका पहाडी भू-भागका केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपात हुनसक्ने भएकाले विभागले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, र हवाई उडानमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।