शपथ ग्रहण अघि ट्रम्पलाई न्यायालयबाट ठूलो झटका
शपथ ग्रहण अघि ट्रम्पलाई न्यायालयबाट ठूलो झटका
    • बेल संचार

    • २३ पुष २०८१, मंगलवार

काठमाडौं ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शपथ ग्रहण अघि एक कानूनी चुनौतीको सामना गर्नुपरेको छ।

न्यूयोर्कको एक अदालतले ट्रम्पको हश मनी (चुप लाग्नको लागि पैसा) मुद्दामा सजाय सुनाउनको लागि गरेको ढिलाइको अनुरोध अस्वीकार गरेको छ।

न्यायाधीश जुआन मर्चेनले ट्रम्पको शपथ ग्रहण समारोह अघि सजाय सुनाउन आदेश दिएका छन्।

ट्रम्पका वकिलहरूले राष्ट्रपतिको चुनावमा जितेपछि यो मामिला अन्त्य गर्न आग्रह गरेका थिए, तर न्यायाधीशले यसमा सहमति जनाएनन्।

यसअघि, ट्रम्पलाई ३४ वटा आरोपमा दोषी ठहर गरिएको थियो, जसमा पोर्न स्टार स्टर्मी डेनियललाई चुप लाग्न पैसा तिरेको आरोप समावेश छ। यस घटनाले ट्रम्पको शपथ ग्रहण अघि कानूनी चुनौती थपिएको छ।

साताकाे चर्चित
सम्बन्धित