काठमाडौंमा भूकम्पको धक्काबाट एक व्यक्तिले घरको छतबाट हाम फाले, घाइते
काठमाडौंमा भूकम्पको धक्काबाट एक व्यक्तिले घरको छतबाट हाम फाले, घाइते
    • बेल संचार

    • २३ पुष २०८१, मंगलवार

काठमाडौं ।

आज बिहान चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो, जसको धक्का नेपालका केही क्षेत्रमा पनि महसुस गरिएको छ। काठमाडौंमा भूकम्पको धक्काबाट आत्तिएका एक व्यक्ति घरको छतबाट हाम फालेका छन्। नेपाल प्रहरीका अनुसार ती व्यक्ति घाइते भएका छन् र मनमोहन अस्पतालमा उपचार भइरहेको छ, यद्यपि उनकाे परिचय सार्वजनिक गरिएको छैन।

भूकम्पको धक्का नेपालका कोशी, मधेश र बागमती प्रदेशका विभिन्न जिल्लामा महसूस भएको थियो, जसका कारण काठमाडौंबासी पनि आत्तिएर घरबाहिर निस्किएका थिए। साथै, बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ का ११ जना विद्यार्थी बेहोस भएका छन्। उनीहरूको उपचारपछि स्वास्थ्य अवस्था सामान्य भई डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

भूकम्पको कारण सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन र रामेछापको एक गोठमा क्षति पुगेको छ। ओखलढुंगा र सोलुखुम्बुका केही नाबस्ने घरमा पनि क्षति पुगेको प्रहरीको भनाइ छ।

साताकाे चर्चित
सम्बन्धित