जिल्लाको उच्च हिमाली क्षेत्रमा भारी हिमपात, जनजीवनमा प्रभाव
जिल्लाको उच्च हिमाली क्षेत्रमा भारी हिमपात, जनजीवनमा प्रभाव
    • बेल संचार

    • २४ पुष २०८१, बुधबार

ताप्लेजुङ ।

मङ्गलबार साँझदेखि जिल्लाका उच्च हिमाली क्षेत्रमा सामान्य वर्षासँगै हिमपात सुरु भएको छ। ३,७९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रहरूमा हिमपातले जनजीवनमा केही असर पारेको छ।

फेदीस्थित प्रहरी चौकीका हवल्दार मिलन कटुवालका अनुसार, पाथीभरा मन्दिर जाने पदमार्गका फेदी क्षेत्रसहित सोभन्दा माथि हिमपात भइरहेको छ। यद्यपि, हिमपात भए पनि जनजीवन सामान्य रहेको उनले जानकारी दिए।

यस वर्ष लामो समयपछि जिल्लामा केही स्थानमा सामान्य वर्षा भएको हो। हिउँद लागेपछि लामो समयसम्म पानी नपरेकोले हिउँदे बालीनाली लगाएका किसानलाई समस्या थियो। अब सामान्य वर्षा र हिमपात भएपछि किसानलाई केही राहत मिलेको छ।

केही दिनयता चिसोको मात्रा बढेसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रुको आगमन घटेको छ। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार, हिउँदमा हिमपातको साथमा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गर्दछ।

साताकाे चर्चित
सम्बन्धित