अध्यक्ष प्रचण्डले सडक दबाब नगरेसम्म शान्ति प्रक्रिया पूरा नहुने जनाए
अध्यक्ष प्रचण्डले सडक दबाब नगरेसम्म शान्ति प्रक्रिया पूरा नहुने जनाए
    • बेल संचार

    • २४ पुष २०८१, बुधबार

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलाग्ने बताएका छन्। उनले शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक कारणले अड्किएको उल्लेख गर्दै, यी कामहरूलाई टुंग्याउन सडक आन्दोलनको आवश्यकता पर्ने बताएका छन्।

बुधबार काठमाडौंमा शान्ति प्रक्रिया र वेपत्ता नागरिकहरूको सार्वजनिकीकरणका विषयमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, “राजनीतिक कारणले नै शान्ति प्रक्रियाका बाँकी कामहरू टुंगिन सकेका छैनन्।” उनका अनुसार, अहिलेको स्थिति हेर्दा आन्दोलन नगरेसम्म शान्ति प्रक्रियामा प्रगति हुन असम्भव छ।

प्रचण्डले शान्ति प्रक्रियाको अन्तिम काम माओवादीलाई तह लगाउनेसँग जोडिएको भन्दै राजनीतिक दृष्टिकोणले यसलाई टुंग्याउन रोक लगाइएको बताए।

साताकाे चर्चित
सम्बन्धित