सडक सुरक्षाका लागि नियमित मर्मत र हेरचाह कार्य सुरु
सडक सुरक्षाका लागि नियमित मर्मत र हेरचाह कार्य सुरु
    • बेल संचार

    • २५ पुष २०८१, बिहीबार

भोजपुर ।

कोशी प्रदेश सरकारले भोजपुर जिल्लामा सडक मर्मतसम्भारका लागि सडक हेरालु परिचालन गरेको छ। प्रादेशिक सडकको सूचीमा परेको भोजपुर–टक्सार–कोटडाँडा–पिखुला–डढुवा सडकमा २१ किलोमिटर क्षेत्रमा दश जना हेरालु खटाइएको छ। हेरालुहरूलाई दश खण्डमा विभाजन गरी साना मर्मतसम्भारका काम गरिनेछ।

पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले सडकको नियमित हेरचाहले सानो असावधानीबाट हुने ठूलो क्षति रोक्न मद्दत गर्ने बताए। यो कार्यक्रमले सडकको सुरक्षासँगै स्थानीयलाई रोजगारी प्रदान गर्ने उद्देश्य राखेको छ।

लेखा अधिकृत चेतबहादुर मोक्तानले हेरालुहरूलाई व्यक्तिगत सुरक्षा, सडक हेरचाह, र अन्य आवश्यक अभिमुखीकरण गराई काममा खटाइएको जानकारी दिए। हेरालुहरूले सडक सतह मिलाउने, सामान्य पहिरो हटाउने, सडक सरसफाइ गर्ने, र ठूला समस्याको तुरुन्त जानकारी दिने जिम्मेवारी पाएका छन्।

साताकाे चर्चित
सम्बन्धित