ज्येष्ठ नागरिकको सीप हस्तान्तरण कार्यक्रमअन्तर्गत ढकिया बुन्ने तालिम
ज्येष्ठ नागरिकको सीप हस्तान्तरण कार्यक्रमअन्तर्गत ढकिया बुन्ने तालिम
    • बेल संचार

    • २५ पुष २०८१, बिहीबार

तनहुँ ।

तनहुँको व्यास नगरपालिका–१४ मा ज्येष्ठ नागरिकको ज्ञान र सीप अन्तरपुस्ता हस्तान्तरण कार्यक्रमअन्तर्गत महिलाहरूलाई ढकिया बुन्ने चारदिने तालिम प्रदान गरिएको छ। सामाजिक विकास कार्यालय तनहुँको आर्थिक सहयोग र व्यास नगरपालिकाको समन्वयमा सञ्चालन भएको तालिममा व्यास नगरपालिका–१२, १३, र १४ का ५० महिलाको सहभागिता रहेको थियो।

तालिममा छाब्दी बाराही मन्दिरका भक्तजनलाई फूल, प्रसाद र अक्षता बोक्न सहज हुने ढकिया बनाउन सिकाइएको छ। सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यले स्थानीय बाबियाको प्रयोग गरी बनाइने ढकियाले अन्यत्रबाट आयात हुने ढकियालाई विस्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

तालिम पुस २१ गतेदेखि सुरु भई बुधबार सम्पन्न भएको थियो। सहभागी महिलाहरूले सिकेका सीपलाई व्यावसायिक रूपमा प्रयोग गरेर आयआर्जन गर्न सकिने बताए। तालिममा सन्तमाया श्रेष्ठ, सनिमाया थापा, र मधुमाया सारु मगरले प्रशिक्षण दिएका थिए।

साताकाे चर्चित
सम्बन्धित