काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला बिक्री
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला बिक्री
    • बेल संचार

    • २५ पुष २०८१, बिहीबार

बागलुङ ।

काठेखोला गाउँपालिका–६ का किसानले यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन्, जुन गत वर्षको तुलनामा करिब रु दुई करोडले बढी हो। कृषि प्राविधिक अग्नि कँडेलका अनुसार गत वर्ष यहाँका किसानले रु तीन करोड ५० लाख बराबरको सुन्तला बिक्री गरेका थिए।

यस वडामा करिब ३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको छ। कँडेलले यस वर्ष नौ सय मेट्रिक टन सुन्तला उत्पादन भएको जानकारी दिए। रोगरहित सुन्तला उत्पादन बढ्नाका साथै पालिकाले किसानलाई प्राविधिक सहयोग र तालिम दिएर प्रोत्साहित गरेको छ।

गाउँपालिकाले गत वर्ष पाँच हजार पाँच सय सुन्तलाका विरुवा र तीन हजार कागतीका बिरुवा वितरण गरेको थियो। किसान लोकनाथ कँडेलले यस वर्ष रु १२ लाख ५० हजारको सुन्तला बेचिसकेको बताउँदै सुन्तलाखेतीले राम्रो आम्दानी दिन थालेको बताए। किसानहरूले सुन्तला बगैँचा व्यवस्थापनमा ध्यान दिएपछि उत्पादनमा वृद्धि भएको छ।

साताकाे चर्चित
सम्बन्धित