चिसो बढेपछि शुक्लाफाँटा, पुनर्वास र कृष्णपुरमा विद्यालय बन्द
चिसो बढेपछि शुक्लाफाँटा, पुनर्वास र कृष्णपुरमा विद्यालय बन्द
    • बेल संचार

    • २५ पुष २०८१, बिहीबार

कञ्चनपुर ।

कञ्चनपुरमा एक सातादेखि निरन्तर शीतलहर चलेपछि अत्यधिक चिसोले विद्यालयको पठनपाठन प्रभावित भएपछि स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्।

शुक्लाफाँटा, पुनर्वास, र कृष्णपुर नगरपालिकाले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएकाले बिदा दिने निर्णय गरेका हुन्।

शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयहरूमा पुस २५ देखि २८ गतेसम्म बिदा दिइएको जानकारी दिए।

कृष्णपुर नगरपालिकाले जाडो बिदाबाट मिलान हुने गरी पुस २३ देखि २८ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित