किभ ।
रुसले गरेको पछिल्लो हमलामा युक्रेनले १३ नागरिकको मृत्यु र ३२ जना घाइते भएको दाबी गरेको छ।
युक्रेनको दक्षिणी सहर जापोरिज्जियाका क्षेत्रीय प्रमुख इभान फेडोरोभका अनुसार, रुसले बुधबार दिउँसो दुई वटा गाइडेड एरियल बम आवासीय क्षेत्रहरूमा फालिएको बताएका छन्।
यस हमलामा रुसले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको ‘आतंकवाद’ विरुद्ध आफ्ना सहयोगी मुलुकलाई दबाब बढाउन आग्रह गरेका छन्।