राष्ट्र बैंकले ६ संस्थाको तरलता अवस्थाबारे विश्लेषण सुरु गर्‍यो
राष्ट्र बैंकले ६ संस्थाको तरलता अवस्थाबारे विश्लेषण सुरु गर्‍यो
    • बेल संचार

    • २५ पुष २०८१, बिहीबार

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको समस्याग्रस्त घोषणा पछि ६ वटा विकास बैंक र फाइनान्स कम्पनीको तरलता अवस्थाबारे विश्लेषण सुरु गरेको छ ।

कर्णाली डेभलपमेन्ट बैंकले राष्ट्र बैंकमा फर्जी निक्षेप प्रमाणपत्र पेस गरेको थियो, जसपछि बैंकले आन्तरिक छानबिन गरेर उच्च व्यवस्थापनका व्यक्तिहरूलाई रकम अपचलनमा संलग्न भएको पत्ता लगाएको हो।

राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकसँगै सप्तकोसी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक, सिन्धु विकास बैंक, जानकी फाइनान्स र पोखरा फाइनान्सको तरलता अवस्था विश्लेषण गर्न थालेको छ।

राष्ट्र बैंकका अनुसार, समस्याग्रस्त संस्थाहरूको तरलता अवस्था बुझेर सुधारका उपायहरू खोजिनेछ।

साताकाे चर्चित
सम्बन्धित