विराटनगर ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा बम राखिएको सूचना प्राप्त भएपछि प्रहरीले खोजी अभियान सुरु गरेको छ।
नेपाली सेनाको प्राविधिक टोलीसहित प्रहरीले बिहानदेखि खोजी कार्य थालेको हो।
जिल्ला प्रशासन कार्यालय मोरङमा प्राप्त जानकारी अनुसार, मालती पुल आसपास द्वन्द्वकालमा राखिएको बम भएको सूचना आएको थियो।
राजमार्ग बिस्तारको क्रममा उत्खनन गर्दा बम पड्किन सक्ने जोखिम रहेको भन्दै खोजी कार्य सुरु गरिएको छ।
डिएसपी वेदप्रकाश जोशीका अनुसार, शंकास्पद स्थानमा खोजी भइरहेको छ।