सिरहामा अत्यधिक चिसोका कारण ३५ वर्षीय व्यक्तिको मृत्यु
सिरहामा अत्यधिक चिसोका कारण ३५ वर्षीय व्यक्तिको मृत्यु
    • बेल संचार

    • २५ पुष २०८१, बिहीबार

सिरहा ।

सिरहामा अत्यधिक चिसोका कारण ३५ वर्षीय मोहमद अक्तर अलीको मृत्यु भएको छ।

उनको मृत्यु चिसोका कारण भएको जिल्ला प्रहरी सिरहाले जनाएको हो।

अक्तर मधुमेह रोगबाट ग्रसित थिए र न्यानो कपडा र राम्रो वासस्थानको अभावका कारण जाडोको सामना गर्न नसकेर मृत्यु भएका हुन्।

उनका छोरा सलमानले पनि भनेका छन् कि गरीबीका कारण न्यानो कपडा र राम्रो घरसमेत उपलब्ध थिएन।

अत्यधिक चिसोको प्रभावको कारण सिरहाका विभिन्न पालिकाहरूले एक हप्तासम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित