चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीचको विवाद समाधान भएको मन्त्री भट्टराईको दाबी
चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीचको विवाद समाधान भएको मन्त्री भट्टराईको दाबी
    • बेल संचार

    • २५ पुष २०८१, बिहीबार

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बीचको क्षेत्राधिकार विवाद समाधान भएको दाबी गरेकी छिन्। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले यो विवाद समाधान भइसकेको र दुवै संस्थाले सहमतिमा अगाडि बढ्ने निर्णय गरेको जानकारी गराइन्।

भट्टराईले यो वर्ष चिकित्सा शिक्षा आयोगले मापदण्ड पुगेको सबै संस्थालाई अनुमोदन गर्न नसक्ने बताउँदै, आयोग र परिषद्ले सहमति गरेर क्यालेण्डर पालना गर्ने र १०० शैय्याका अस्पतालहरूको हकमा कार्यान्वयन गर्ने निर्णय भएको बताइन्। साथै, सिटीइभीटीको परिषद् र सभाको बैठक लामो समयदेखि बस्न नसकेकोमा सुधारका प्रयास भइरहेको पनि उनले स्पष्ट पारिन्।

यसै सन्दर्भमा बिहीबारको समिति बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमा संशोधनका विषयमा सांसदहरूसँग छलफल भएको थियो।

साताकाे चर्चित
सम्बन्धित