काठमाडौँ ।
राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
शुक्रबार भएको भेटमा समसामयिक परिस्थितिका बारेमा विमर्श भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
सो क्रममा प्रधानमन्त्री ओलीले सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिएको बर्तौलाको भनाइ छ ।
संसदमा रहेका कतिपय दलहरु नै संशोधन गर्न नदिने बताइरहेको सन्दर्भमा सहमति बनाउन समय लागे संशोधन पछि धकेलिन सक्ने आफ्नो धारणा रहेको ओलीले बताएका थिए । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश अहिले गंभीर संकटबाट गुज्रिरहेकोले सुझबुझपूर्ण रूपमा अघि बढ्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बर्तौलाले बताए ।