रवि लामिछाने पोखराबाट काठमाडौं आउँदै ,आजै अदालतमा उपस्थित हुने तयारी
रवि लामिछाने पोखराबाट काठमाडौं आउँदै ,आजै अदालतमा उपस्थित हुने तयारी
    • बेल संचार

    • २६ पुष २०८१, शुक्रबार

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पोखराबाट काठमाडौं आउँदैछन्। उनले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार ६५ लाख धरौटी बुझाएर छुटेका थिए।

रवि लामिछाने आज (शुक्रबार) काठमाडौं जिल्लाको अदालतमा उपस्थित हुने तयारीमा छन्। रास्वपाका एक नेताका अनुसार, लामिछाने आज साढे १ बजे काठमाडौं आउँदैछन् र त्यसपछि अदालतमा उपस्थित हुनेछन्।

लामिछानेलाई प्रहरीले अदालतमा उपस्थित हुने शर्तमा छाडेको थियो। उनी पोखरामा बिहीबार राति बसेका थिए। लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग लगाइएको छ। कास्कीको सरकारी वकिल कार्यालयले लामिछानेसहित ६३ जनाविरुद्ध १ अर्ब ५१ करोडको बिगो माग गर्दै ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र दर्ता गराएको थियो।

यता, काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि लामिछानेविरुद्ध मुद्दा दायर भएको छ। यस सहकारीले ६९० बचतकर्ताबाट १ अर्ब १९ करोड ३० लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ। स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा गिरफ्तार भएका सदस्यहरू भने धरौटी बुझाएर रिहा भइसकेका छन्।

साताकाे चर्चित
सम्बन्धित