मेयर बालेन शाहले काठमाडौंका लागि नयाँ प्रमुख प्रशासकीय अधिकृत माग गरे
मेयर बालेन शाहले काठमाडौंका लागि नयाँ प्रमुख प्रशासकीय अधिकृत माग गरे
    • बेल संचार

    • २६ पुष २०८१, शुक्रबार

 काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाउन माग गर्दै पत्र लेखेका छन्।

मेयर शाहले पत्रमा उल्लेख गरेअनुसार, हालका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन भइरहेको र उनी बिदामा बसेकाले, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ अनुसार कामकाज गर्नका लागि नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाउन अनुरोध गरिएको छ।

गुरागाईंमाथि पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा प्रक्रिया नपुर्‍याई पास गरेको आरोपमा छानबिन भइरहेको छ। छानबिन समिति गठनसँगै गुरागाईं बिदामा बसेपछि निमित्त प्रमुखको जिम्मेवारी गोविन्दप्रसाद शर्मालाई दिइएको थियो।

तर, शर्माले पनि राजीनामा दिएपछि हाल काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा पुगेको छ।

निमित्तले पनि राजीनामा दिएपछि काठमाडौं महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन

हेर्नुहोस् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बालेनले लेखेको पत्र :

 

 

साताकाे चर्चित
सम्बन्धित