सुदूरपश्चिम, कर्णाली, बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा हल्का हिउँ पर्ने सम्भावना
सुदूरपश्चिम, कर्णाली, बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा हल्का हिउँ पर्ने सम्भावना
    • बेल संचार

    • २८ पुष २०८१, आईतवार

काठमाडौं ।

सुदूरपश्चिम, कर्णाली, बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रका धेरै स्थानहरूमा आज हल्का हिउँ पर्ने सम्भावना रहेको छ, भने केही अन्य स्थानहरूमा हल्का पानी पर्ने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा हल्का पानी पर्ने सम्भावना छ। कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई ठाउँमा पनि हल्का पानी पर्ने सम्भावना रहेको छ।

विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हिउँ र पानी पर्ने भएको हो, जसको असर पुस २७ गते शनिबार रातिदेखि सुरु भएको थियो। सोमबार रातिदेखि मौसममा सुधार आउने सम्भावना छ।

साताकाे चर्चित
सम्बन्धित