काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान आज न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा हुनेछ। यो बयान र थुनछेक बहस अदालत स्रोत अनुसार अधिकृत इजलासमा तय भएको हो। गत बिहीबार जिल्ला अदालत कास्कीले लामिछानेसहित ७ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। लामिछानेलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाइएको थियो र आज बिहान उनी अदालतमा उपस्थित भएका छन्।
लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा मुद्दा दर्ता भएको छ। प्रहरी अनुसन्धान अनुसार, स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ गएको देखाइएको छ। सरकारी वकिलले उक्त रकमको बिगो माग गर्दै आएका छन्। लामिछानेविरुद्ध अन्य स्थानहरूमा पनि ठगीको मुद्दा दर्ताको प्रक्रिया अघि बढेको छ।