काठमाडौं ।
सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीमा दलहरूको योगदान आवश्यक हुने कुरा प्रष्ट पारेका छन्।
उनले भने, “संसदीय परिपाटी र दलीय प्रणालीमा आधारित लोकतान्त्रिक प्रणालीभित्र दलहरूको भूमिका सर्वप्रथम महत्त्वपूर्ण हुन्छ।” साथै, दलहरू नै यस व्यवस्था प्रभावकारी ढंगबाट स्थायीत्वमा पुर्याउने र प्रवद्र्धन गर्ने दायित्व लिने बताए।
सभामुख घिमिरेले राजनीतिक दललाई जनतालाई ठिक दिशामा लैजाने र जनताका अभिमतलाई ठिक ढंगले अभिव्यक्त गर्ने महत्वपूर्ण साधनको रूपमा प्रस्तुत गर्दै भने, “यदि दल लोकतान्त्रिक विधिमा आधारित छैन भने, यसबारे प्रश्न उठ्नु स्वभाविक हो।”