काठमाडौं ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस आज बिहानदेखि काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ।
रास्वपा अनुशासन आयोगका पूर्वप्रमुख, अधिवक्ता यज्ञमणि न्यौपानेले यो जानकारी दिएका छन्।
लामिछाने, जो पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख धरौटी बुझाएर गत बिहीबार रिहा भएका थिए, आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए।
काठमाडौंमा सहकारीसम्बन्धी अर्को मुद्दा रहेको कारण उनले आफैं अदालतमा उपस्थित भएका थिए। तर, आइतबार थुनछेक बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा राखिएको थियो।