रास्वपा सुदूरपश्चिमले संगठन विस्तारमा तीव्रता दिने निर्णय
रास्वपा सुदूरपश्चिमले संगठन विस्तारमा तीव्रता दिने निर्णय
    • बेल संचार

    • २९ पुष २०८१, सोमबार

धनगढी ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमले पार्टी संगठन विस्तार र निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ। २७ र २८ पुसमा बसेको बैठकमा पार्टीलाई वडा र स्थानीय तहका अधिवेशन केन्द्रित गरेर संगठन निर्माणमा तीव्रता दिन निर्णय गरिएको प्रदेश महामन्त्री सन्तोषराज जोशीले जानकारी दिए।

जोशीले पार्टीको महाधिवेशनलाई समयमै सम्पन्न गर्न पालिका र वडा समितिहरू गठनमा तीव्रता दिने र वडा अधिवेशनलाई प्राथमिकताका साथ सम्पन्न गर्ने निर्णय गरिएको बताए। बैठकले संगठन सुदृढीकरणका लागि तहगत संरचना बलियो बनाउने, समितिहरूलाई प्रभावकारी बनाउने र पार्टीका सिद्धान्त र मूल्यमा आधारित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

सामाजिक सेवामा आधारित संगठन निर्माण अभियानलाई तीव्रता दिने र संगठनका कमी कमजोरीहरूको समिक्षा गर्दै नयाँ रणनीतिसहित अगाडि बढ्ने विषयमा पनि सहमति भएको जोशीले बताए। बैठकमा केन्द्रिय विभाग, प्रदेश विभाग र पालिका सभापति समेत सहभागी थिए, र पार्टी संगठन विस्तार अभियानअन्तर्गत प्रदेशका नौ वटै जिल्लाका भेला समीक्षा गर्दै जिल्ला सभापतिले प्रतिवेदन प्रस्तुत गरे।

साताकाे चर्चित
सम्बन्धित