काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आज पनि थुनछेक बहस हुने भएको छ ।
काठमाडौंको स्वर्ण लक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणका प्रतिवादी लामिछानेको थुनछेक बहस सोमबार पनि नसकिएले आज पनि हुन लागेको हो ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी अमरबहादुर चन्दका अनुसार सोमबार सरकारी वकिल र जाहेरवाला पक्षको मात्र बहस भएकाले प्रतिवादीको तर्फबाट बहस हुन सकेको थिएन ।
बुधबार लामिछानेको तर्फबाट बहस भएपछि उक्त मुद्दामा थुनछेक आदेश हुने उनले बताए । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा थुनछेक हुँदै अँएको छ ।
काठमाडौंको कालीमाटीस्थित स्वर्ण लक्ष्मी सहकारी ठगी मुद्दामा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो ।