प्रेममा र बिस्वासघातको एक उदहारण ः सांगीतिक प्रस्तुति “सुस्तरी” बजारमा
प्रेममा र बिस्वासघातको एक उदहारण ः सांगीतिक प्रस्तुति “सुस्तरी” बजारमा
    • बेल संचार

    • २ माघ २०८१, बुधबार

काठमाडौं ।

नेपाली सांगीतिक बजारमा नयाँ नयाँ स्वादहरु आउने क्रममा गायक समर तामाङ र चर्चित गायिका अनु चौधरीको स्वरमा रहेको प्रेमगित “सुस्तरी”सार्वजनिक भएको छ । गीतमा नायक तथा तामाङ चलचित्र संघ बागमती प्रदेशको उपाध्यक्ष रोसन तामाङ र रजनी दोङको बेजोड अभिनय रहेको छ ।

बिगत लामो समय देखि कलाकारिता गर्दै आइरहेका नायक रोसन तामाङको दुई दर्जन भन्दा बढी म्युजिक भिडियो बजारमा सार्वजनिक भइसकेको छ भने तामाङ भाषामा बनेको तिल्दा , तिङला पुजु , खाइराङबा माया जस्ता चलचित्रमा अभिनय गरीसकेका तामाङ यति बेला म्युजिक भिडियोमा बढी ब्यस्त भएको देखिन्छ ।

नेपाली प्रेम गीत “सुस्तरी” गायक समर तामाङ र चर्चित गायिका अनु चौधरीको आवाजमा रहेको गितको शब्द इन्द्र लामा , संगित र संयोजन कर्साङ लामाले गरेका हुन भने गितको भिडियो तर्फ कथा लेखन रोसन तामाङले गरेका हुन् । म्युजिक भिडियो निर्देशनमा मन्दिप राना , क्यामेरामा राहुल राई, इडिट कलरमा दिनेश कोइरालाले मेहेनत गरेका छन् ।

रोशन र रजनीको प्रेम लामो समय सम्म चली रहदा अन्तत रजनीले रोशनलाई धोका दिएको भिडियोमा प्रस्तुत गरेर चित्र र चरित्र बिचको अन्तर प्रष्ट पार्न खोजिएको छ । बिस्वास गरेर प्रेमको जन्जिरमा परेको नायक रोशनलाई अन्तिम घडीमा रजनीले धोका दिइ बिस्वासघात गरि अमृत लामा सङ्ग हिडेको र रोशन बिचल्लिमा परेको कथामा देखाइएको छ ।

सुस्तरी प्रेम गितको भिडियो रोसन तामाङ अफिसियल युट्युब च्यानल बाट सार्वजनिक भएको हो ।

साताकाे चर्चित
सम्बन्धित