नेपाल राष्ट्र बैंकले अधिक तरलता खिच्ने, ४० अर्ब रुपैयाँको बोलकबोलमार्फत निक्षेप संकलन
नेपाल राष्ट्र बैंकले अधिक तरलता खिच्ने, ४० अर्ब रुपैयाँको बोलकबोलमार्फत निक्षेप संकलन
    • बेल संचार

    • २ माघ २०८१, बुधबार

 काठमाडौं ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने भएको छ। बुधबार ४० अर्ब रुपैयाँ बराबरको तरलता बोलकबोलमार्फत खिच्ने योजना बनाइएको हो।

नेपाल राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत तरलता खिच्न लागेको हो। बैंकिङ प्रणालीमा अत्यधिक तरलता भईरहेको अवस्थामा चालु आर्थिक वर्षको सुरुवातदेखि केन्द्रीय बैंकले निरन्तर तरलता खिच्दै आएको छ।

निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिने राष्ट्र बैंकले बोलकबोलमार्फत पनि तरलता खिच्न थालेको हो। बुधबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज २३ माघमा भुक्तानी हुने जानकारी दिइएको छ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट नै तय हुनेछ। बोलकबोलमा सहभागी हुने बैंक र वित्तीय संस्थाले न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँको भाग लगाउन पाउनेछन्, जबकि निःशेष भाग कुल आह्वान रकमसम्म हुनेछ। यसमा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्रै सहभागी हुन सक्नेछन्।

साताकाे चर्चित
सम्बन्धित